अहिले भृकुटीमण्डपमा भारत र बेलायतबारे बोलिने « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

अहिले भृकुटीमण्डपमा भारत र बेलायतबारे बोलिने

प्रकाशित मिति :  २ भाद्र २०७८, बुधबार १३:५३


बेलायतको राजधानी लण्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खा सैनिकहरु आमरण अनसन बसेको आज १२ दिन पुगेको छ ।

बेलायत सरकारले उनीहरुको समस्या समाधानमा चासो नदिएको भन्दै ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

उनीहरुले पेन्सनलगायतका मागहरु राखेर लण्डनमा आमरण अनशन गरेका हुन् । भूतपूर्व गोर्खा सैनिकको भावी रणनीतिलगायत आन्दोलनका थप कार्यक्रम भृकुटीमण्डपमा सार्वजनिक गर्ने बताइएको छ ।

त्यसैगरी हाल नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल विजेपीका वरिष्ठ नेता डा. दिनेश उपाध्यायले पनि त्यहिँ विशेष साक्षात्कार कार्यक्रम गर्ने भएका छन् ।

उपाध्यायको कार्यक्रम दिउँसो २ बजे र भूतपूर्व गोर्खा सैनिकहरुको कार्यक्रम त्यसपछि साढे २ बजे हुने जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !