काठमाडौं महानगरमा ७५ हजार बढी संक्रमित,५ सय २१ को निधन

काठमाडौं महानगरमा ७५ हजार बढी संक्रमित,५ सय २१ को निधन

कोरोना संक्रमितको ग्राफ दिन प्रतिदिन उकालो लाग्दै छ । दोस्रो लहर शुरु भएयता चार महिनाको अवधिमा काठमाडौं महानगरपालिकाभित्र मात्र ५ सय २१ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा ७५ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

काठमाडौँ महानगरपालिकाभित्र मात्र सक्रिय संक्रमितको संख्या झण्डै ४ हजार १ सय ६३ रहेको छ । महानगरपालिकाका ३२ वटै वडामा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ७० हजार ९ सय ७५ पुगेको छ ।

महानगरपालिकाभित्र अझै पनि ३ हजार ९ सय ६८ होम आइसोलेसनमा र ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।विवरणअनुसार सबैभन्दा धेरै ७८ जनाको निधन १६ नम्बर वडामा भएको छ । सबैभन्दा थोरै २ जनाको निधन २८ नम्बर वडामा भएको विवरणमा उल्लेख छ । त्यसैगरी सबैभन्दा बढी संक्रमित वडा नम्बर ३२ मा भेटिएको छ । जहाँ हालसम्म ७ हजार ५ सय ६४ जना पुगेका छन् । सबैभन्दा कम वडा नम्बर १८ मा २ सय ८७ जना रहेका छन् ।

टिप्पणीहरू