स्वयम्भुमा रुख ढल्यो, परिक्रमा मार्ग अवरुद्ध

स्वयम्भुमा रुख ढल्यो, परिक्रमा मार्ग अवरुद्ध

स्वयम्भुममा दुई वटा सल्लाका रुख ढल्दा नजिकैको स्वयम्भु परिक्रमा मार्ग अवरुद्ध भएको छ । स्वयम्भुस्थित बुद्ध पार्क पछाडिका सल्लाका रुख मध्यान्हको समयमा आफैँ ढलेको बताइन्छ ।

श्रद्धालु भक्तजनहरुको निकै ओहोरदोहर हुने उक्त स्थानमा रुख ढल्दा कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

तर, ढलेको रुखले छेकेको कारण स्वयम्भु परिक्रमा गर्ने सडक भने तत्कालको लागि अवरुद्ध भएको महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले जनाएको छ ।

टिप्पणीहरू