एमाले नेताहरु जो यता उति कतै नलाग्ने ठाउँमा पुग्नुभयो « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

एमाले नेताहरु जो यता उति कतै नलाग्ने ठाउँमा पुग्नुभयो

प्रकाशित मिति :  २ भाद्र २०७८, बुधबार १२:००


हिजो दिउँसोसम्म एकताको निम्ति एमालेको दोस्रो पुस्ताका नेताहरू निकै दौडादौडमा रहे । त्यो दौडमा सबैभन्दा धेरै वरिष्ठ नेता माधवकुमार नेपाल निकटस्थ नेताहरू देखिएका हुन् । हिजो भेटघाट र महत्वपूर्ण वार्ताको लागि भन्दै उपमहाचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग समय मागे पनि वास्ता नभएको बुझिएको छ ।

दिउँसभर नेपाल पक्षका सांसदलाई कारबाही गर्न मेसो मिलाउने भन्दै डाकिएको स्थायी समिति तथा संसदीय दल बैठकको दौडादौडमा अध्यक्ष ओली व्यस्त हुनुभएको थियो । बालकोट स्रोतका अनुसार भुसाललाई भनिएको समयमा थोरै घर्किएपछि पछि उहाँले माग्नुभएको नयाँ समय दिन अध्यक्षले अनिच्छा देखाउनुभएको हो ।

रामकुमारी झाँक्रीले , ‘हामी अब नयाँ पार्टी बनाउँछौं,तपाईंहरू चाहिँ वार्ता गर्दै गर्नुहोला । ’भन्नुभएको सहभागी एक जना माननीयले बताउनुभएको छ । घनश्याम भुसालले झाँक्रीलाई जवाफ दिँदै भन्नुभयो,‘हामीले दस्तखत नगरी कसरी नयाँ दल दर्ता हुन्छ ? अनि कसरी २० प्रतिशत पुग्छ ?’

हिजो साँझ माधव नेपाल समूहका भुसाल,सुरेन्द्र पाण्डेसहितका अधिकांश सांसदहरूको गोप्य भेटघाट भएको बताइन्छ । भेटघाटमा अध्यक्ष ओलीले दिउँसो गर्नुभएको कारबाहीलगायतका राजनीतिक विषयमा छलफल भएको थियो । त्यही क्रममा नेतृ तथा सांसद रामकुमारी झाँक्रीले , ‘हामी अब नयाँ पार्टी बनाउँछौं, तपाईंहरू चाहिँ वार्ता गर्दै गर्नुहोला । ’भन्नुभएको सहभागी एक जना माननीयले बताउनुभएको छ ।

घनश्याम भुसालले झाँक्रीलाई जवाफ दिँदै भन्नुभयो,‘हामीले दस्तखत नगरी कसरी नयाँ दल दर्ता हुन्छ ? अनि कसरी २० प्रतिशत पुग्छ ?’ त्यो बेला भुसाल र झाँक्रीको सम्वाद सुनिरहेका अर्का एकजना कमरेडले भुसाललाई जवाफ दिँदै प्वाक्क भनिभयो, ‘पुगिसक्यो २० प्रतिशत । ’

स्रोत भन्छ, ‘हिजोको भेटघाटमा नेपाल समूहका सबै सांसदको उपस्थिति थियो ।’ हिजो साँझसम्म नेताहरू घनश्याम,सुरेन्द्र,गोकर्ण र योगेश भट्टराईलगायतकाको मनस्थिति नयाँ दल दर्ताको प्रक्रियामा नजाने र पुरानोमा पनि नफर्कने खालको पाइएको छ ।

उहाँहरूले एउटै धारणा राख्दै अहिलेको तरिकाले अध्यादेश ल्याएर नयाँ पार्टी बनाउने कुराको आफूहरू विरोधी भएको जानकारी गराउनु भएको हो । कुरै कुरामा भुसालले,‘बरु लाल पुस्तक पल्टाएर बस्छु,तर दुबैतिर लाग्दिन’ भन्नुभएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !