बिदाको विवाद

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगन हुँदा ठूलो विवाद भएको थियो । अहिले भ्रमण चालु हुँदा पनि उस्तै छ । यो भ्रमण नै वास्तवमा अनौठो छ जो भए पनि विवाद, नभए पनि विवाद । राष्ट्रपति भारत जाने भएपछि नेपाल सरकारले दुई दिन बिदाको घोषणा ग¥यो ।

एक दिन जान, एक दिन आउन । तर, यो बिदामा विवाद भयो । राष्ट्रपति जाँदा किन बिदा ? विवादलाई यही“ छाडेर राष्ट्रपति भारत जानुभयो । तर, उहाँ भारत जानेबित्तिकै सरकारले आउने दिनका लागि तोकिएको बिदा खारेज गरिदियो । अहिले राष्ट्रपति भण्डारी भारतमै हुनुहुन्छ । तर उहाँ स्वदेश फर्कने दिनको बिदा भने खारेज भइसक्यो । अब उहाँले के गर्ने ? स्वदेश फर्कने कि नफर्कने ?

यही बेला सुन्नमा अर्को कुरा आएको छ । राष्ट्रपति भण्डारीलाई भारतको विमानस्थलमा एउटा राज्यमन्त्रीले मात्रै स्वागत गरेको । यो त अपमानै भो । राष्ट्रपतिलाई राज्यमन्त्रीले स्वागत गर्ने ? सरकारले पनि यही झोंकमा बिदा खारेज गरिदिएको हो । तर्क अनौठो छ, राज्यमन्त्रीले स्वागत गरेकाले बिदा खारेज । अब प्रश्न उठ्न सक्छ, उसोभए राष्ट्रपतिले नै स्वागत गरेको भए बिदा अझ थपिने थियो कि ?

टिप्पणीहरू