कुलमानलाई रोकेर हितेन्द्रलाई थमौती गर्ला त आज अदालतले ?

कुलमानलाई रोकेर हितेन्द्रलाई थमौती गर्ला त आज अदालतले ?

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। पेशी न्यायाधीश कुमार रेग्मीको इजलाशमा १० नम्बरमा पालो परेको छ ।

कुलमानको नियुक्ति र आफूलाई हटाइएको बिषयलाई लिएर शाक्यले अस्ति सोमबार रिट दायर गरेका थिए ।

उनले कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

हितेन्द्रद्वारा दायर रिटमा आफूले राजीनामा नदिएको,कुनै स्पस्टिकरणसमेत नसोधिकन आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधानसम्मत आफ्नो अधिकार हनन भएको जिकिर गरेका छन् ।

घिसिङलाई अघिल्लो साताको क्याबिनेट बैठकले विद्युत प्राधिकरणमा नियुक्त गरेको थियो भने हितेन्द्रलाई जल तथा उर्जा आयोगको सचिवालयमा लगेको थियो ।

टिप्पणीहरू