कहिले बुझिदिने यस्ता कुरा !
हुन त सरकारले गरेका धेरै कुरा आमसर्वसाधारणले बुझ्दैनन् तर यस पटकको काममा भने धेरैको चासो भए पनि किन र कसका लागि के गरेको भन्ने कुराको फेद टुप्पो पहिल्याउन सकिएन । लामो समयदेखि ‘संविधान संशोधन’ नाम दिइएको एउटा विधेयक संसद्मा थियो । प्रचण्ड आफैंले दर्ता गराएको सो विधेयकले पूरै सांसदको धेरै समय यत्तिकै खाइदियो । तर, अस्ति एकाएक सरकारले फिर्ता लियो र अर्को दर्ता ग¥यो । पहिलेको किन दर्ता गरिएको थियो ? के कारणले फिर्ता लिनुप¥यो र अहिले फेरि अर्को संशोधन किन त्यहाँ पु¥याइएको सायद स्वयं प्रचण्डले समेत व्याख्या गर्न सक्ने अवस्था छैन । मधेसीको चित्त बुझाउन, विद्यमान समस्या हल गर्न भन्ने हो भने पहिलो पटक पेश भएको संशोधनलाई पनि प्रमुख प्रतिपक्ष एमाले, राप्रपा नेपाल र असन्तुष्ट मधेसी मोर्चाले ठाडै अस्वीकार गरेकै हो । हालकोलाई पनि स्विकारेका छैनन् । यसकारण किन र केका लागि काम हुँदै छ भन्ने पत्तो लागेको छैन ।
हुन त केही नगरी बस्ने मान्छे होइनन्, प्रधानमन्त्री प्रचण्ड । ०५२ सालमा एउटा उपद्रो शुरु गरे जसले मुलुकलाई नै नयाँ धारमा हिँड्न बाध्य पा¥यो । आखिर फर्केर संसदीय राजनीतिमा नै आइपुगे जसको नाम सुन्न उनी १० वर्ष अघिसम्म तयार थिएनन् । पहिलो संविधानसभामा लौ तिमी नयाँ शक्तिका नेता, काम गरेर देखाऊ भनी जनताले सबैभन्दा ठूलो दल बनाए तर चकचक कस्तो भने चुप लागेर बसेको सेना प्रमुखसँग जोरी खोजेर आफंै सत्ताच्यूत हुन पुगे । कसो–कसो आफ्नै पार्टीका सहकर्मी बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको थियो । त्यसलाई काम गर्नै दिएनन् र सौताको रिसले पोइको काख बिगार्दै खिलराजको नेतृत्वमा निर्दलीय सरकार बनाए । परिणामतः आफैं एकैचोटि पानी पिउनुपर्ने अवस्थामा तल झरे । कसो–कसो संविधान त जारी भयो तर त्यही संविधानको संयोजक बाबुरामलाई पार्टीमा राख्न सकेनन् । पछि केपी ओलीको नेतृत्वमा राम्रै मन्त्रालयसहित सरकारमा थिए । अहिले प्रमुख कार्यकारी पदमा छन् फेरि पनि शुद्धि पलाएझैं देखिँदैन । के गर्छन्, के । न त मधेसी खुसी छन्, न सत्ता साझेदार कांग्रेस नै ! एमालेसँग सम्बन्ध राम्रो छैन । न अहिले नै सुध्रने अवस्था छ ।
प्रचण्डको भनाइ र गराइमा सधँै फरक पाइन्छ । एउटा बोली, अर्कै कर्म । यो चञ्चले बानी सबैलाई थाहा छ तैपनि त्यसलाई सुधार्नेतर्फ ध्यानै दिँदैनन् । कतिसम्म ज्याद्रा रहेछन् भने जति बल्ड्याङ खाए पनि चेत नखुल्ने ! अहिले जसरी पनि चुनाव गर्छु भन्दै छन् । हिजोसम्म संवाद र छलफल गरौं, हाम्रो इज्जत जोगाइदिनुस् जे पनि मान्न तयार छौं भन्ने मधेसी मोर्चाले आन्दोलनको घोषणा गरिसकेको छ । उता, पुरानो वाचा बिर्सेर देउवालाई धोका दिने चालबाजी सबैले राम्ररी बुझेका छन् । चिन्ता के हो भने यस्तो प्रवृत्ति, व्यक्ति, सोच र व्यवहार यदि राष्ट्रप्रमुखको सर्वोच्च कुर्सीमा रहन्छ भने मुलुक कसरी अगाडि बढ्छ ? नेपाल र नेपालीको भविष्य के हुन्छ ?
टिप्पणीहरू