पहिरोले राजधानी छिर्ने नाका अवरुद्ध

पहिरोले राजधानी छिर्ने नाका अवरुद्ध

रातीदेखिको अविरल वर्षाका कारण राजधानी काठमाडौं छिर्ने मुख्य नाका आज बिहान अवरुद्ध भएको छ ।

काठमाडौं र धादिङ सिमाना नजिकैको खत्री पौवालगायत तीन ठाउँमा पहिरो खसेपछि नागढुंगा–नौबिसे सडक खण्ड बिहान ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरोका कारण राजधानी छिर्ने सवारी साधन खानीखोला र नौबिसेमा रोकिएका छन् भने बाहिरिने सवारी साधन नागढुंगामै रोकिएको बताइएको छ ।

टिप्पणीहरू