काठमाडौंमा २० किलो गाँजा समातियो

काठमाडौँका छुट्टा छुट्टै स्थानबाट प्रहरीले २० किलो गाँजा बोकेर हिँडेका दुई जनालाई पक्राउ गरेको छ ।
थानकोटको नागढुंगास्थित चेकप्वाईन्टमा १ किलो ९ सय ग्राम गाजासहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ४ घर भएका २४ वर्षीय सुदिप राई हुन् ।
गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ६४७५ नम्बरको यात्रुबाहक बस चेक जाँच गर्ने क्रममा झोलाभित्र राईले लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
यस्तै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका –५, थलि मिलनचोकस्थित पम्पा श्रेष्ठको घरमा कोठा डेरा गरी बस्ने सर्लाहीको हरिवन नगरपालिका–९ घर भई हाल मिलनचोक बस्ने ४२ वर्षीय संजिव राईलाई प्रहरीले १८ किलो गाँजासहित पक्राउ गरेको छ ।
प्रहरी टोलीले चेक जाँच गर्दा उनको साथबाट गाँजा र नगद १३ हजारसहित राईलाई पक्राउ गरेको बताइएको छ ।