नक्कली सईलाई सक्कलीले समाते

नक्कली सईलाई सक्कलीले समाते

नेपाल प्रहरीको सई हुँ भनी ठगी गर्दै हिँड्ने एक जनालाई नेपाल प्रहरीले आज समातेको छ ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका २ घर भई हाल सीतापाइला बस्ने २४ वर्षीय गोपाल तामाङ हुन् । उनले नागार्जुन नगरपालिका वडा नं. १० की कल्पना गौतमलगायतलाई महानगरीय प्रहरी परिसर काठमाडौंको सिभिल शाखाको सई गोपाल लामा हुँ भनी धम्क्याएका थिए ।

उनले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बझाङ घर भई हाल त्यही ठाउँ बस्ने ३१ वर्षीय सिद्धराज थामीलाई पक्रने भन्दै ३० हजार रुपैयाँ लिएर फरार भएका थिए ।

उनलाई महानगरीय प्रहरी परिसरको विशेष टोलीले खोजतलास गर्ने क्रममा आज काठमाडौँको कालिमाटीबाट नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू