अमेरिका उड्नासाथ आक्रमण

ढाडमा टेकर टाउकोमा हान्ने भनेको यसैलाई हो । त्यसमाथि नेपाली चलचित्र वृत्तमा यस्ता खुराफाती कर्म गर्नेको संख्या कम छैन । त्यस्ता खुराफातीको शिकार भएका छन् निर्माता माधव वाग्ले । चतु¥याइँ पनि कस्तो भने उनी अमेरिका उडेको मौका छोपी केहीले प्रचार गरे । वाग्ले नै शेयर होल्डर रहेको ‘लालपुर्जा’चलचित्रको विवाद सतहमा निकालियो ।

निर्माण सेयर होल्डर भनिएका टेकेन खड्का, निर्देशक निगम श्रेष्ठले वाग्लेमाथि आर्थिक हिनामिनाको आरोप मात्र लगाएनन् लालपुर्जाबाट निकालिएको भन्दै मिडियाबाजी गरे । तर, वाग्लेले भने आफूले हिस्साबापत लगानी गर्नुपर्ने रकम सही समयमा सबै तिरेको सम्पूर्ण सबुत प्रमाण आफूसँग सुरक्षित रहेको दाबा गरेका छन् । आवश्यक पर्दा पेश गर्न तयार रहेको उनको भनाइ छ । चलचित्र लालपुर्जा प्रिन्सेज मुभिज, नेगेटिभ बुद्ध र टेकेन खड्का प्रोडक्सन गरी तीन ब्यानरमा बन्दै थियो ।

जसमध्ये दुई मिलेर प्रिन्सेज मुभिज अर्थात् माधव वाग्लेलाई गलहत्याइयो । यसरी वाग्लेमाथि ज्यादती गर्नेमा नेगेटिभ बुद्धका विक्रमसिंह थारू र निगम श्रेष्ठ छन् । ८० लाख लागत मानिएको उक्त चलचित्रमा वाग्लेले ४८ लाख रकम आफंैले लगानी गरिसकेको दाबी गरिरहेका छन् । यता टेकेनहरू भने जम्मा एक लाख साठी हजारभन्दा बढी लगानी नगरेको भन्दै उफ्रिरहेका छन् ।

टिप्पणीहरू