आज २ जना मृत अवस्थामा फेला

आज २ जना मृत अवस्थामा फेला

भक्तपुर र मकवानपुरमा आज दुई जना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर नगरपालिका–१० डेकोचा, महालक्ष्मीस्थान पछाडिको फोहर फाल्ने ठाउँमा काभ्रे च्यासिङ्खर्क घर भएका ५३ वर्षीय राजकुमार तामाङ मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, शक्ति खोला बस्ने ६५ वर्षीय मानबहादुर प्रजा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

टिप्पणीहरू