धुर्मुसको अर्को धुन

साहित्य अनुरागीका लागि खुशीको कुरा छ । पल्पसा क्याफे, मयुर टाइम्सजस्ता पाठकले अत्यधिक रुचाएका कृतिका सर्जक नारायण वाग्ले ७४ सालमा नयाँ कृति लिएर झुल्कने भएका छन् । त्यस्तै कर्णाली ब्लुज, फिरफिरेलगायत कृति बजारमा ल्याई पाठकको दिल ओगट्न सफल बुद्धिसागर नयाँ कृति दिने धुनमा छन् । तीर्थ गुरुङ उपन्यास लेख्नमा व्यस्त छन् । मदन पुरस्कारवाला छापामारको छोराका सर्जक महेशविक्रम शाह, लु र सल्लीपीरका सर्जक नयनराज पाण्डे, सेतो धर्तीका सर्जक अमर न्यौपाने यसैवर्ष नयाँ कृति लिएर आउने धुनमा छन् । फुटबलर अनिल गुरुङ आफ्नो करिअरबारे पुस्तक लेख्दै छन् । मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरणसँगै सीताराम कट्टेल धुर्मुस आफ्नो संघर्षका कृति लेख्ने योजना बुनिरहेछन् ।

टिप्पणीहरू