माधव नेपालसहित १४ नेता निश्कासित,कहिले हुन्छ नयाँ पार्टी दर्ता ?

माधव नेपालसहित १४ नेता निश्कासित,कहिले हुन्छ नयाँ पार्टी दर्ता ?

नेकपा एमालेको संस्थापन पक्षले माधव नेपालसहित उक्त समूहका १४ सांसदमाथि कारवाही गरेको छ । कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल,जीवनराम श्रेष्ठ,मुकुन्द न्यौपाने,रामकुमारी झाँक्री,कल्याणी कुमारी खड्का, लक्ष्मी चौधरी,निरादेवी जैरु, पुष्पकुमारी कर्ण,सरलाकुमारी यादव,कलिला खातुन,विरोध खतिवडा,कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन् ।

उनीहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गरिएको छ । पत्रमा दलको ह्वीप उल्लंघन गरेकाले साउन २५ को केन्द्रीय कमिटीको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य नरहने गरी कारवाही गरेको उल्लेख छ ।

‘यस दलको प्रतिनिधि सभाका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ (१) को क बमोजिम कार्य नगरी दलको निर्देशन ह्वीप उलंघन गरेकोले यस दलको केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को निर्णयअनुसार ऐनको दफा ३२(२) बमोजिम प्रतिनिधिसभा सदस्यसमेत नरहने गरी यस दलबाट समेत निश्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत यसैसाथ राखी यो सूचना प्रकाशित गरिएको छ’,संसद सचिवालयमा दर्ता गरिएको पत्रमा भनिएको छ ।

‘अहिलेसम्म हामीले दल दर्ताको कुनै तयारी गरेका छैनौँ । आजको घटनाले अब तयारी गर्नुपर्ने देखियो । थप छलफल गरेर निर्णय गर्छौँ ।’

माधव नेपालसहित १४ सांसदको कारवाहीलाई लिएर नेपाल समूहले भने ओलीले जवरजस्त पार्टी विभाजनमा धकेलेको प्रतिक्रिया दिएको छ । ‘१४ सांसदमाथि कारवाही गरेर केपी ओली एकताको पक्षमा छैनन् भन्ने देखिएको छ । पार्टी एकता जोगाउने हाम्रो प्रयत्नलाई कमजोर पार्न खोजिएको छ । यहि स्थिति रहने हो भने नयाँ पार्टी दर्ता गर्न हामी बाध्य हुन्छौँ’,नेता राजेन्द्र पाण्डेले भन्नुभयो ।

पाण्डेले एक हप्ताभित्र नयाँ दल दर्ता हुनसक्ने संकेत पनि दिनुभयो । अध्यक्ष ओलीले झ्याल ढोका बन्द गरेकाले नयाँ पार्टी गठनको आवश्यकता बढेको उहाँको भनाइ छ । भन्नुभयो,’अहिलेसम्म हामीले दल दर्ताको कुनै तयारी गरेका छैनौँ । आजको घटनाले अब तयारी गर्नुपर्ने देखियो । थप छलफल गरेर निर्णय गर्छौँ ।’

“एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित २०३ जना केन्द्रीय सदस्य छन् । ओली पक्षले आज माओवादीसँग एकता हुँदा थपिएका र माओवादी छोडेर एमालेमा आएकालाई थपेर २६० जनाको नाम अद्यावधिक गर्न निवेदन दिएको हो ।”

माधव समूहका १४ सांसदलाई कारवाही गरेको ओली पक्षले केन्द्रीय कमिटीको संख्या भने बढाएको छ । दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश आएलगत्तै ओलीपक्षले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको हो । ओली पक्षले केन्द्रीय कमिटीको निर्णय भन्दै केन्द्रीय सदस्य थपेर २६० जनाको नाम निर्वाचन आयोगलाई बुझाएको छ ।

निर्वाचन आयोगको अभिलेखमा एमालेको नवौँ महाधिवेशनमा निर्वाचित २०३ जना केन्द्रीय सदस्य छन् । ओली पक्षले आज माओवादीसँग एकता हुँदा थपिएका र माओवादी छोडेर एमालेमा आएकालाई थपेर २६० जनाको नाम अद्यावधिक गर्न निवेदन दिएको हो ।

टिप्पणीहरू