कोरोना संक्रमण उस्तै, संक्रमित ३२ सय हुँदा निधन हुनेको संख्या २७

कोरोना संक्रमण उस्तै, संक्रमित ३२ सय हुँदा निधन हुनेको संख्या २७

आज पनि मुलुकभर कोरोना संक्रमणको कारण २७ जनाको ज्यान गएको छ । त्यसैगरी ३ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ६५ जनामा पीसीआर तथा ६ हजार १ सय २४ जनामा एन्टिजेन गरी १७ हजार ६ सय ८९ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार आज मुलुकभर ३९ हजार ८ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू