पत्नीसँग रिस फेर्दा

एकजना रुसीले रिस फेर्ने क्रममा पत्नीको महँगो गाडी घोलेको सिमेन्टले भरिदिएका छन् । किनमेल गर्न जाने क्रममा पत्नीलाई एउटा सुपरमार्केटले आफ्नो पसलको नाउँसँग मिलाएर नाउँ फेर्न अवसर दियो । नाउँ फेर्दा मासिक ५० हजार रुबल (८ सय ८० डलर) पाउने भएपछि ती महिला राजी भइन् । तर, आफूसित एक वचन नसोधी नाउँ फेरेकोमा लोग्ने रिसाए । ‘पाठ’ सिकाउने नाउँमा ट्रकमा राखेर ल्याएको घोलेको कंक्रिट सबै खन्याउन लगाए । नाउँ फेर्दा ‘आर्थिक लाभ’ को कथा बुझेपछि भने पत्नीसँग माफी मागे ।

टिप्पणीहरू