कोरोना बढेपछि आजबाट गुल्मीमा पुनः निषेधाज्ञा

कोरोना बढेपछि आजबाट गुल्मीमा पुनः निषेधाज्ञा

कोभिड १९ का बिरामीहरुको संख्या बढेपछि गुल्मीको मदाने गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि आजैबाट लागु हुने गरि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।

आज जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मको लागि भएको बताइएको छ ।

गाउँ कार्यपालिकाको आज बसेको बैठकले गाउँपालिका एक हप्ताका लागि पूर्णरुपमा सिल गर्ने निर्णय गरेको छ । अत्यावश्यक बाहेक अरु कुनै पनि गतिबिधि गर्न नपाइने गाउँपालिकाले जनाएको छ ।

टिप्पणीहरू