सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओमा निर्मल कार्की

सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओमा निर्मल कार्की

सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी निर्मल कार्कीलाई नियुक्त गरिएको छ । कार्की केन्द्रीय बैंकको सेवाबाट २०७५ फागुनमा सेवा निवृत्त भएका हुन् ।

राष्ट्र बैंकका अधिकृतस्तरका कर्मचारी सेवा निवृत्त भएको दुई वर्षसम्म बैंकबाट इजाजतप्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा कर्मचारी वा सञ्चालकको रुपमा नियुक्त हुन पाउँदैनन् ।

कार्कीसँग नेपाल राष्ट्र बैंकमा लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण, विकास बैंक सुपरीवेक्षण र नियमन विभागमा काम गरेको अनुभव रहेको सामुदायिक लघुवित्तले जनाएको छ ।

पछिल्लो समयमा बैंकबाट अवकासप्राप्त अधिकृतहरुमध्ये केहीले बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीमा जागिर खाएका छन् भने केही सञ्चालक बनेका छन् ।

एकाध कर्मचारी भने यसअघिको केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडासँगको हिमचिमलाई भजाउँदै विभिन्न बीमा तथा सरकारी वित्तीय संस्थाको सञ्चालक बनेको पाइन्छ ।

टिप्पणीहरू