माधवको सकिएपछि बानेश्वरमा ओलीको बैठक

माधवको सकिएपछि बानेश्वरमा ओलीको बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दुई वटा समूहको बैठक तारन्तार बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी समितिको बैठक केही बेर अघि सकिएको छ । अहिले एमाले संसदीय दलको बैठक बसेको छ । यसअघि नेता नेपाल निकट समूहको बैठक सकिएको छ ।

एमालेको बिहानको स्थायी समितिको बैठक तुल्सीलाल स्मृती भवन च्यासल, ललितपुरमा बसेको थियो । बैठकले सरकारले ल्याउन खोजको राजनीतिक दल सम्बन्धी अध्यादेशको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

उता वरिष्ठ नेता नेपाल समूहले नयाँ बानेश्वरको अर्याल होटलमा केही बेरअघि बैठक राखेको थियो । नेता नेपालको उपस्थितिमा भएको बैठकमा उपमहासचिव घनश्याम भुसाल, केन्द्रीय सदस्यहरु विरोध खतिवडा, मेटमणि चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, निरुदेवी जैरु, गंगालाल तुलाधर, कृष्णकुमार श्रेष्ठ (किसान) र पुष्प कुमारी कायस्थ हुनुहुन्थ्यो ।

अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा नेकपा एमाले संसदीय दलको बैठक बसेको छ । बैठकमा अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली सहित दुवै सदनका झण्डै ९० जना सांसदको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू