बालिका बलात्कारीको झूठो बयान

८ वर्षकी बालिकामाथि बलात्कार गर्नेको झूठो बयानलाई अदालतले अस्वीकार गरेको छ । बलात्कारी २६ वर्षीय पादरी क्लाइटन न्काला हुन्, जसले चर्चमा पसेकी ८ वर्षीया बालिकामाथि बलात्कार गरेका थिए । तर अदालतमा बयान दिने क्रममा भने, ‘मेरो लिंग यति ठूलो छ कि ८ वर्षीया बालिकाले थेग्नै सक्दिनन् ।’ जिम्बावेको अदालतले पादरीको उक्त कुतर्कको भत्र्सना गर्दै १५ वर्ष कैद सजाय सुनायो । बालिकाकी आमाका अनुसार घटना घटेको समय बालिका खाली डिब्बा टिप्न चर्च पसेकी थिइन् ।

टिप्पणीहरू