थरुहट पनि माइतीघरमा

थरुहट पनि माइतीघरमा

थरुहट समितिले सरकारसमक्ष राखिएका आफ्ना मागहरु पूरा गर्न माग गर्दै माइतीघरमा धर्ना दिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आज दिउँसोबाट माइतीघर मण्डलामा धर्ना दिएको हो ।

समितिले थरुहट थारुवान विद्रोहको छ वर्ष समानता, न्याय र अधिकारका लागि एवम् दासताविरुद्धको तेस्रो चरणको अभियान सफल पार्न धर्ना दिएको जनाएको छ ।

थरूहट थारूवान राष्ट्रिय मोर्चाका कार्यवाहक संयोजक श्रवण थारूको नेतृत्वमा भएको उक्त धर्नामा २० जनाको उपस्थिति रहेको बताइएको छ ।

उनीहरुले झुठो मुद्दा खारेज गर, टीकापुर विद्रोहीका राजवन्दीहरूको रिहाई गर, देवीराम शर्माको छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर, सुखी, समृद्ध नेपालको आधार सबै नेपालीको अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू