एमाले बैठक सकियो, अध्यादेशको प्रतिकार गर्न आह्वान

एमाले बैठक सकियो, अध्यादेशको प्रतिकार गर्न आह्वान

प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक भर्खरै सकिएको छ । बैठकले संसद अधिवेशन अकस्मात अन्त्य गरेर राजनीतिक दलहरु विभाजन गर्न सजिलो हुनेगरि ल्याउन लागिएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको डटेर मुकाबिला गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिस्ठानमा भएको बैठकपछि बोल्दै प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, ‘सरकारले संसद अधिवेशन अकस्मात अन्त्य गरि पार्टी फुटाउने विधेयक अध्यादेश मार्फत ल्याउन लागेकाले हाम्रो पार्टी यस्ता क्रियाकलापको प्रतिकार गर्न एक ढिक्का भएर लाग्ने त्यसको लागि आफ्ना कार्यकर्तालाइ आह्वान गर्ने निर्णय गरेको छ ।’उहाँले सरकारको उक्त योजना निन्दनीय, अस्वीकार्य र विभाजनकारी रहेकाले त्यसको खबरदारी गर्दै सशक्त प्रतिकार गर्ने निर्णय गरिएको समेत जानकारी दिनुभयो । बैठकले एमाले एकताको पक्षमा लाग्न पार्टी नेता तथा कार्यकर्तालाई समेत आह्वान गरेको छ ।

त्यसैगरी अफगानिस्तानमा भएको पछल्लो राजनैतिक घटनाक्रम पछि त्यहाँ अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्नेमा नेपाल सरकार मौन बसेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

टिप्पणीहरू