काबुलबाट १ सय २७ नेपाली काठमाडौं ल्याइए,अमेरिकी दूतावासद्वारा स्वागत
प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १५:०५

अफगानिस्तानको राजधानी काबुलबाट रातारात फर्काइएका १ सय २७ जना नेपालीलाई काठमाडौं ओरालिएको छ । काबुलस्थित अमेरिकी दूतावासको सुरक्षार्थ खटिएका ती नेपालीलाई दोहा हुँदै काठमाडौं ल्याइएको हो ।
आइतबार साँझदेखि तालिवानले अफगानिस्तानको पूरै शासन सत्ता कब्जामा लिएपछि उत्पन्न राजनीतिक संकटलाई मध्यनजर गर्दै त्यहाँ रहेका पश्चिमा नियोगले आफ्नो दूतावास खाली गर्ने क्रममा त्यहाँ कार्यरत नेपालीहरुलाई उद्धार गरेर कतार पुर्याइएको थियो ।उनीहरुलाई अमेरिकाले कुवेती जजिरा एअरवेजको चार्टर उडानमा आज दोहाबाट काठमाडौं ल्याएको हो । काठमाडौंमा उत्रेका नेपालीलाई दूतावासका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए ।