मासुभात र आँशुभात खानेको अन्तर

  • संकेत कोइराला

‘ओहो सुवर्ण समशेर कत्रो धनी मानिस, कोलकातामा तपाईंले देख्नु नै भएको छैन । किचेनमा चौबीसै घण्टा भान्छे बसेर पकाइरहन्थे । किसिम किसिमका नोकरहरू । जहाँ गएपनि घर, व्यापारिक केन्द्र र पुस्तकालय भव्य थियो । चट्ट गएर पुस्तकालयमा बस्यो, नोकरचाकर त्यहीँ नै आइरहने । जे माग्यो त्यो ल्याइदिने । अब त्यस्तो जीवन त बिताउनै सक्दिनँ । यति हुँदाहुँदै पनि सुवर्णसमशेरजीको पीडा मलाई थाहा छ । जसलाई तपाईं महान् सुखी भन्ठान्नुहुन्छ, त्यो महान् दुःखी हुन्छ । माहिला छोरा जसमाथि उहाँको सारा भर र विश्वास केन्द्रित थियो । तर, उसैको अल्पायुमै मृत्यु भयो ।’

आफ्नो स्मरणमा सुवर्ण समशेरलाई यसरी अटाउने कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई आखिर जीवनको उत्तराद्र्धमा न हाँस चाल, न बकुल्लाको चालजस्तै परिचयविहीन बनाइए । सम्झाउनी बिर्साउनीका रूपमा उनको नाममा रहेको आश्रमले एउटा आस्थापुञ्ज धाम हुनुपर्नेमा एउटा क्लबको हैसियत पनि लिन सकेको छैन । दुःखका बेला पूरै कांग्रेस पार्टीलाई नै काँध हाल्ने सुवर्णसमशेरको फोटोमा कांग्रेसजन पूmल, अबिर त धस्काउँछन् तर रुचिसाथ नाम लिँदैनन् । बिपीपत्नी सुशीला नाचेर कमाएको पैसाले चना किनेर कार्यकर्ता पाल्थिन् । भीमबहादुर तामाङ पूmलमा पानी हाल्थे । गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले खोले फाँडो जुटाउन पत्रिका बेच्ने कामसम्म पनि गरे । रेलमा भेटेर ल्याएको एउटा लावारिस केटोलाई पढाइ, बढाई भारतीय साहित्यको ज्वाजल्यवान सितारा बनाए । जुन व्यक्ति फणिश्वरनाथ रेणुका नाममा अजर–अमर छ । रेणुले बिपी कोइरालाका अधिकांश पुस्तक हिन्दीमा अनुवाद गरेका छन् । गिरिजाप्रसादका दौंतरी जसलाई बिपीले आफ्नै भाइको दर्जा दिएका थिए– रेणुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि ठूलो योगदान पु¥याएका थिए । शिव कंगाल वीपीको घरमा पाहुना भएर जाँदा चिया ल्याउन अ¥हाउने खुमबहादुर भ्रष्टाचारको मुद्दामा पुलिस गेष्टहाउसको पाहुना हुँदै अहिले कांग्रेसजनद्वारा रुचाइएको नेतामा अनुवाद भइसकेका छन् । उनको आतिथ्यमा चिया पिउने शिव कंगाल महाकंगाल भएर भीखको जिन्दगी बाँचिरहेका छन् । बिपीको सपनामा टेकेर आफ्नो सपना साकार बनाउनेहरू कांग्रेसभित्र समाजवादका व्याख्याता भएका छन् । हाक्काहाक्की भन्ने गर्छन्– ‘मेरो जित र हार नै बिपीले कल्पना गरेको समाजवादको अन्तिम प्यारामिटर हो ।’ चुनावका बेला झन् यो दृश्य भद्दा रूपमा प्रकट हुने गर्छ ।

भोग विलास र सुख सुविधामा हैन, नेताको उचाइ इमानदारी र निष्ठामा चहकिलो बन्दै जान्छ । त्याग नेतालाई खार्ने अचुक अस्त्र हो । विश्वका कुनै पनि राजनेता सुख, दुःखलाई समभावमा हेर्ने चरित्रका कारण मर्यादाको उपल्लो श्रेणीमा पुगेका छन् । दक्षिण अफ्रिका मात्र हैन, अफ्रिकी भूगोल नै नेल्सन मण्डेलाको नामबाट परिचित छ । अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको ब्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन । दुःखको छायाले कसको जीवन रुझेको छैन र ? युगपुरुष कहलिएका महात्मा गान्धी आफ्नो बाल्यकालको जीवनगाथा यसरी प्रकट गर्छन्– ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रूपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं । दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन । बाला काटियो, कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन । लाग्यो– यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । मैले चिट्ठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिठी दिँदा हात कामेका थिए । उहाँले पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठ्ठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुख बुभेंm । यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रोसँग तयार गर्न सक्थें ।’

म्याक्सिम गोर्की भात खान नपाएर मरे तर उनले आफ्नो ख्याती आमा कृतिमार्पmत संसारका हरेकको जिब्रोमा स्थापित गराए । लोभ अपराधको जननी हो । यदि अम्लेट खानेले अण्डाको माया ग¥यो भने के हुन्छ ? सम्पत्तिसँगको साइनो र राजनीतिक ब्रतबीचको अन्तर पनि यही नै हो ।

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ख्यातीमा थुप्रै ठेली तयार भएका छन् । यदि देवकोटा नामको जमिन नेपाली साहित्यमा स्थापित नभएको हुँदो हो त सानै भुइँचालोले धेरै क्षति गथ्र्यो होला । तर सिद्धहस्त देवकोटाले मैनजस्तै आपूm जलेर भएपनि शब्दको उज्यालो छरे । जीवनको उत्तराद्र्धमा कहालिलाग्दो जीवन भोगेका उनी आखिर श्रीकृष्ण रहेछ एकको निष्कर्षमा मात्र पुगेनन् कि बाँच्नुको पीडा सहन नसकेर मृत्युको भीख माग्थे । उनले त्यो तीतोलाई यसरी पोखेका छन्– ‘मैले आपूmलाई शान्ति दिन सकिन । म उठ्न सके आपैंm आत्महत्या गर्ने थिएँ । अनि मेरा बालबच्चालाई पनि…..। म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न । अरूले मलाई बुद्धिजीवी भनेतापनि म आफ्नो निम्ति मूर्ख भएँ, अन्धो भएँ । म त्यो ज्योतितिर ढल्कन खोज्दछु तर अन्धकारले बोलाइरहन्छ । म त्यो असह्य वेदना खप्न सक्दिन । पोटासियम साइनाइड दिए उसलाई जीवनको सच्चा साथी सम्झने थिएँ । म अपराधी हुँ, त्यसैले अपराध मेट्न चाहन्छु ।’

रिचार्ड निक्सन अमेरिकी इतिहासमै नैतिक पतन र भ्रष्ट व्यक्ति भनेर चिनिन्छन् । उनले विवाहित छोरीहरूलाई घर किन्न राज्यकोषबाट एक करोड डलर खर्च गरेका थिए । यसैगरी ज्वार्इंको घर सुरक्षाका लागि ३६ लाख डलर राज्यकोषबाट खर्चिए । २७ वटा जेट विमानमा दुई सय परिवार सदस्यलाई लिएर सयरमा निस्कन्थे । तर त्यही देशका अर्का राष्ट्रपति जोन अफ केनेडी थुक लगाएर चिठी पठाउँथे । निक्सनभन्दा अघिल्ला राष्ट्रपति लिन्डन बी जोहनसनका परिवार कहिल्यै हवाई सेवा उपयोग गर्दैनथे । उनीहरू निजी या व्यावसायिक उडान गर्थे । गीतामा भनिएको छ– ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसंग यति छ, पछि अरू थपिन्छ, मैले यो शत्रु मारें, अरू पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ठान्ने मूर्खहरू राक्षसी श्रेणीमा जन्मेका नीच हुन् ।’

कोलम्बस जहाजी डाँकू थिए । मार्कोपोलोको पुस्तक पढेर उनलाई पृथ्वी गोलो छ भन्ने विश्वास भयो । उनले सोचे– भारत पश्चिम तर्पmबाट चाँडै पुगिन्छ । त्यसबेला युरोपियनहरू पृथ्वीमा एक तिहाइ भाग पानी र दुई तिहाइ भाग भूगोल छ भन्ठान्थे । उनीहरूलाई प्रशान्त महासागर र अमेरिकी महाद्वीप छ भन्ने थाहा थिएन । यद्यपि, भारतको खजाना युरोप लानु नै एकमात्र उद्देश्य थियो । यसैका लागि सन् १४९२ मा निस्किए । ३६ दिनको जहाजी यात्रापछि उनीहरूसंग गएका जहाजीले चिच्याए– धरती धरती । ३ जहाज नाविक, एक वर्षका लागि खाना, विनिमयका लागि थुप्रै साधन, जल सेनापतिको पदवी र पत्ता लागेको ठाउँको उपनरेश । तर उनीहरूको गलत गणनाका कारण भारत नपुगी क्यारिबियन द्वीप पुगे । जसलाई हाल वेष्ट इण्डिज भनिन्छ ।

जो कसैको कुरा सुन्दैन त्यो असफल । जो सवैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन् । तर म त भन्छु– त्यो वर्ग भडखारोमा परेर अहिले मासुभात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । ज्ञानीहरूको बुझाइमा आपूmसंग जे छैन, त्यो बिर्सनु नै सुख हो । मानिस बाँच्छ वर्तमानमा, तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाऊँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छन् । भाकल गरिन्छन् । कति निर्दोष पशुपक्षी बलि चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने ? प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा । अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रूपमा समर्पित हुने मान्छे आफ्नै आँखाअगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ । एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर, धेरैको संवेदनाले छुँदैन ।

एक राजाको छोरा बुद्धमा परिणत भयो । अन्यथा त्यो मानव राजकुमार हुन्थ्यो । यहुदी समाजमा मानवीय इच्छाहरूलाई दबाउनेजस्ता क्रियाकलापहरू नभएका भए जिसस क्राइष्टको जन्म हुने थिएन । यहुदीले खडा गरेको सामाजिक बन्धन तोड्न एक साधारण कार्पेन्टर भएर जिन्दगी गुजार्न क्रियाशील युवकले जिसस् बन्नुपरेको थियो । स्वतन्त्र अवस्थाको कुनै आकार प्रकार हुँदैन । आकार प्रकार नभई प्रणाली बन्दैन । प्रणाली नभई मानव समाज चल्दैन । किनकि प्रणाली नभई नीति नियम बन्दैनन् । त्यसैले त पागल स्वतन्त्र हुन्छ तर साधारण मानिस स्वतन्त्र हु“दैन ।

टिप्पणीहरू