काठमाडौंमा अरुलाई पनि आजदेखिअष्ट्राजेनिका खोप

काठमाडौंमा अरुलाई पनि आजदेखिअष्ट्राजेनिका खोप

केही महिनाअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका सबैलाई अस्ट्राजेनिका खोपको दोस्रो डोज दिइएको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य कार्यालयले कोभिसिल्डको पहिलो मात्रा लगाएका तर यसअघि दोस्रो लगाउन छुटेकाहरुलाई अस्ट्राजेनिकाको खोप लगाउने बताएको हो ।

कार्यालयले काठमाडौंका कीर्तिपुर, तारकेश्वर,नागार्जुन,बूढानीलकण्ठ, टोखा,गोकर्णेश्वर र कागेश्वरी मनोहरालगायत काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि खोप लगाइने जनाएको छ ।

यस्तै विश्वविद्यालय तहको परीक्षा दिन प्रवेशपत्र लिएका विद्यार्थीहरु, कर्मचारी र वैदेशिक रोजगारका लागि बाहिर जानेहरुले पनि परिचय खुल्ने पत्रको आधारमा खोप लगाउन पाउने छन् ।

टिप्पणीहरू