सिटी सफारी पल्टँदा एकको मृत्यु, एक घाइते

सिटी सफारी पल्टँदा एकको मृत्यु, एक घाइते

तीव्र गतिका कारण सिटी सफारी पल्टिदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कोशी गाउँपालिका २ का ७४ वर्षीय फरेबी यादव हुन् । सुनसरी कोशी गाउँपालिका २ को भित्री पक्की सडक खण्डमा को २ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा उनको मृत्यु भएको हो । उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती मृत्यु भएको थियो । सो सफारीमा सवार अर्का यात्रु बराहक्षेत्र ११ की २३ वर्षीया सबिना माझी भने घाइते भएकी छन् । उनको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । दुर्घटना हिजो बेलुका ५ बजे भएको थियो । सिटी र चालक कोशी गाउँपालिका २ का २० बर्षीय रन्जित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू