जसपालाई नेता जुट्न ठाउँ साँघुरो भएपछि

जसपालाई नेता जुट्न ठाउँ साँघुरो भएपछि

सत्तारुढ घटक जनता समाजवादी दललाई एकाएक आफ्नो केन्द्रीय कार्यालय साँघुरो भएको छ । एक महिनाअघिसम्म उपेन्द्र यादव पक्षका नेता तथा कार्यकर्ता फाट्टफुट्ट मात्र पुग्ने बालकुमारीस्थित केन्द्रीय कार्यालयमा अहिले ठेलमठेल भीड हुन थालेपछि बैठक अन्यत्र बोलाइएको छ ।

आज बिहान ११ बजेको निम्ति निर्धारित पार्टी केन्द्रीय कमिटीको बैठक केन्द्रीय कार्यालय साँघुरो भएको जानकारी गराउँदै डिल्लीबजार कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा सारिएको छ ।

बैठकको समय पनि एक घण्टा अघि सारेर बिहान १० बजे भनिएको छ । यसअघि महन्थ ठाकुर र राजेन्द्र महतो समूह केपी ओली सरकारमा सहभागी हुँदा उनीहरुको बबरमहलस्थित कार्यालयमा त्यस्तै भीड देखिन्थ्यो ।

टिप्पणीहरू