माधव नेपाल खेमाले नयाँ दल गठन गर्ला कि पार्टी एकता ?

माधव नेपाल खेमाले नयाँ दल गठन गर्ला कि पार्टी एकता ?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल गठन गर्ने वा पार्टी एकता गर्दै अघि बढ्ने भन्नेसम्बन्धमा भोलि निर्णय गर्ने बताइएको छ । नेपाल निकट जनसंगठन केन्द्रीय कमिटीहरुको संयुक्त आयोजनामा भोलि बोलाइएको जुम बैठकमा त्यसबारे विस्तृत छलफल हुने बताइएको छ ।

नयाँ पार्टी कि एकता ? शीर्षकमा अन्तिम निर्णय लिन भन्दै भोलि जनसङ्ठन केन्द्रीय कमिटीहरुको संयुक्त आयोजनामा जुम बैठक हुन लागेको हो । दिउँसो पौने ४ बजे हुने छलफलको प्रमुख अतिथि नेता नेपाल हुनुहुने बताइएको छ ।

एमालेभित्र न एकता,न नयाँ दलको गठन भन्ने विषय चर्कंदै गएको सन्दर्भमा आयोजकहरुले सोही बारेमा गहन छलफल गर्न लागेका हुन् ।

टिप्पणीहरू