छोरीका निम्ति सबथोक छुट

एउटी छोरीको पढाइका लागि कसैको क्रान्ति तुहिन्छ भने त्यो क्रान्ति हो कि भ्रान्ति ? मंगलबार बानेश्वरस्थित अर्याल होटल पुगेर राजकुमार लेखीले नागरिक समाजवादी पार्टीको तालाचाबी राजेन्द्र महतोको सद्भावना पार्टीलाई बुझाएसँगै यो प्रश्न पेचिलो बन्न पुगेको छ । कुनै समय मधेसबाहेक नेपालमा केही छैन भन्ने राजेन्द्र महतो र नेपालमा मधेस नै छैन भन्ने राजकुमार लेखीबीच चरम अन्तद्र्वन्द्व थियो । समयले यी दुबैलाई यसरी एकै ठाउँमा उभ्याइदिनुको पछाडि अन्तरमनदेखिकै मिलन हो वा कसैको इशारा ?

लेखी कुनै समय थारू कल्याणकारी सभाका अध्यक्ष थिए । पछाडि जनजाति महासंघको अध्यक्षमा निर्वाचित भए ।०६२÷६३ सालको जनआन्दोलनपछाडि राजेन्द्र महतोहरूले मधेस आवाजलाई चर्काे पारिरहँदा नेपालमा मधेस नै छैन भनी हिँड्थे । थारू र मधेसी एउटै हुन् भन्ने भावलाई मेटाएर यी दुई अलग–अलग रहेको अभियान मात्र चलाएनन् त्यसकै फलस्वरूप अहिले लोकसेवालगायतले विज्ञापन आवेदन गर्दा थारू, मधेसी क्लस्टर छुटाएर आवेदन माग्न थालिसकेको छ । नागरिक समाजवादी पार्टी चलाएका उनी यो बीचमा लामो समय गायव हुनु र एक्कासि महतोको पार्टीमा विलय हुनु संयोग मात्र हो वा अरू केही ?

 राजकुमार लेखीको क्रान्तिको यसरी हरिबिजोग हुनुको पछाडि एउटै कारण छ– दुई पुत्री मोह । सन्तानको माया त सबैलाई हुन्छ तर स्रोतका अनुसार उनका दुईवटै छोरी भारतीय दूतावासको छात्रवृत्तिमा अध्ययनरत छन् । जेठी छोरी जेएनयु र कान्छी छोरी इण्डियन आर्मीमा अध्ययनरत छिन् । यी दुवैको अध्ययनको दूतावासले नै जोहो गरिदिएपछि सप्तरी घर, रौतहट ससुराली भएका लेखीको क्रान्ति यसरी महतोको पार्टीमा विलय र स्खलन भएको थारूले नेता टिप्पणी गरेका छन् ।

यही सात र आठ गते उपेन्द्र यादवको पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बस्दै छ । नेता–कार्यकर्तालाई बाबुरामले मलाई अध्यक्ष स्विकारे भन्दै हिँड्ने गरेका यादव उनै बाबुरामलाई अध्यक्ष मानेर पार्टी विलय गराउन कस्सिएपछि भाँडभैलो मच्चिएको छ ।
प्रधानमन्त्री प्रचण्डले २९ चैतमा संविधान संशोधन दोस्रो दर्ता गराउँदा यादवले समेत रुजु गरेका थिए । यसरी प्रधानमन्त्री प्रचण्ड सरकारलाई समेत धोखा दिएका यादवले बाबुरामलाई नदेलान् भन्ने आधार के ?

यता, १२ जेठदेखि १५ गतेसम्म अमेरिकामा हुन गइरहेको (एन्टा) सम्मेलनमा भाग लिन दीपेन्द्र झा, तुलानारायण साह र विजयकान्त लालकर्णलगायतको नाम चयन भएको थियो । पहिला चयन भएका यी मधेसी बुद्धिजीवीको नाम एकाएक काटिएर  अरूकै नाम घुसाइएपछि अर्काे लफडा मच्चिएको छ । आयोजकले यी त्रय तराई मधेस युरोपियन युनियनका लागि काम गरिरहेको आरोप लगाउँदै सिकेलाल, चन्द्रकिशोर र धर्मेन्द्र झाको नाम चयन गरेको बुझिएको छ ।

टिप्पणीहरू