अफगानिस्तान लाने म्यानपावर कुन कुन रहेछन् !

अफगानिस्तान लाने म्यानपावर कुन कुन रहेछन् !

विद्रोही तालिवानको कब्जामा परेको अफगानिस्तानबाट नेपालीहरुलाई फर्काउन वैदेशिक रोजगार विभागले छलफल थालेको छ । विभागले युनिभर्सल कनेक्सन नेपाल र एफएसआई वर्ल्डवाइड नेपालका कर्मचारीहरुसंग आज छलफल गरेको हो ।

छलफलका क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुको यकिन तथ्यांक संकलन गर्न र उनीहरुलाई सहायतापूर्वक नेपाल फर्काउन आवश्यक समन्वयका लागि विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले आग्रह गरेका छन् ।

यसअघि सरकारले अफगानिस्तानमा फसेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्काउन प्रकृया शुरु गर्ने बताएको थियो । बिहान बसेको क्याबिनेट बैठकले नेपालीहरुलाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयमार्फत काम अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्रालयले नेपाल फर्कन चाहनेहरुलाई सम्पर्कमा आउन आव्हान गर्दै आवश्यक समन्वय र उध्दारमा जुट्ने निर्णय गरिसकेको छ ।

टिप्पणीहरू