भूमि आयोग जगाइराख्न युवा संघ भिड्दै

भूमि आयोग जगाइराख्न युवा संघ भिड्दै

अदालतले अन्तरिम आदेश दिएर रोकिएको भूमि आयोग विघटन गर्ने सरकारको निर्णयका विरुद्ध एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ ।

आयोग विघटनको निर्णयलाई जनघाती भन्दै युवासंघले भोलि ११ बजे माइतिघर मण्डलामा प्रदर्शन गर्ने भएको हो ।आयोग विघटन गरेर सरकारले लाखौँ भूमिहीन सुकुम्बासी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाउँदै संघले आन्दोलन गरिरहेको छ । यसअघि सुकुम्बासी बस्तीमा पुगेर प्रदर्शन गरेको थियो ।

टिप्पणीहरू