जहाज उडाएको नियम लाउने ठाउँमा ज्यादती !

जहाज उडाएको नियम लाउने ठाउँमा ज्यादती !

सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड युनियन ८ औँ दिन पनि आन्दोलनमा उत्रिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको कर्मचारी ट्रेड युनियनले आज बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउन नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो ।

युनियनले युरोपियन युनियन (इयू) मा नेपाल समावेश नभएकोले युनियनले भनेको मान्न आफू बाध्य नभएको र इयूले प्राधिकरण टुक्राउन नभनेको युनियनका प्रवक्ता अनिलकुमार गुप्ताले बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक नेपालका लागि घातक हुने भन्दै निहित स्वार्थका लागि यस्तो विधेयक ल्याउन खोजिएको आरोप लगाए ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक,२०७६ संघीय संसदको राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेश भइसकेको छ,तर नेपालका लागि यो कुनै पनि तरिकाले राम्रो छैन,घातक छ, अहिलेको अवस्थामा प्यासेन्जर मुभमेण्ट र राइट मुभमेण्ट नभएको अवस्थामा र ठाउँमा रेगुलेटिभ बडी आउनु घातक हो’, उनले भने, ‘यो विचौलियाको मातहतमा आएको छ, दुई जना प्रमुख हुन पाउने लोभमै प्राधिकरण टुक्राउनु एकदमै गलत हो ।’

युनियनले साउन २५ गतेदेखि कार्यालयअगाडि विधेयकको विरोधमा आन्दोलन गर्दै आएको छ ।

टिप्पणीहरू