कोरोनाबाट बित्नेको संख्या घटेन, ३५ बिते,३४ सय बढिलाई सास्ती

कोरोनाबाट बित्नेको संख्या घटेन, ३५ बिते,३४ सय बढिलाई सास्ती

आज कोरोनाबाट देशभर ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ५३ जनामा पीसीआर तथा ५ हजार ५ सय १८ जनामा एन्टिजेन गरी १५ हजार ६ सय ११ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरी आज २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जाकारीअनुसार आज मुलुकभर ३८ हजार ३ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू