महन्थ र उपेन्द्रको विवाद फेरि सर्वोच्चमा

महन्थ र उपेन्द्रको विवाद फेरि सर्वोच्चमा

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुध्द महन्थ ठाकुर खेमाले हालेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ । न्यायाधीशद्वय दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको १ नम्बर इजलासमा अहिले मुध्दाको सुनुवाई भैरहेको छ ।

ठाकुरले पार्टीको आधिकारिकता उपेन्द्र पक्षलाई दिने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै साउन १५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै साउन २० गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश दिएको थियो ।

जसपा विवादमा गत साउन ८ गते निर्वाचन आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो । केन्द्रीय कार्यकारिणी समितिको बहुमत परीक्षण (हेड काउण्ट)मा अत्यधिक बहुमत सदस्य यादवको पक्षमा उभिएका थिए ।

टिप्पणीहरू