अध्यादेश ल्याउन सँसदीय अधिवेशन अन्त्य

अध्यादेश ल्याउन सँसदीय अधिवेशन अन्त्य

संघीय संसद्को चालु अधिवेशन आजैबाट अन्त्य हुने भएको छ । सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेबमोजिम आज मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य हुने भएको हो ।

आज बसेको क्याबिनेट बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

जेठ ८ गते केपी ओलीले गरेको दोस्रो पटकको विघटन उल्ट्याएर सर्वोच्च अदालतले पुनर्स्थापित गरेको प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रभावकारी हुन नसकेको गुनासोका बीच सरकारले अधिवेशन अन्त्य गर्न लागेको हो । बताइएअनुसार सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारीमा छ ।

टिप्पणीहरू