कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

झापामा कारको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। बाह्रदर्शी गाउँपालिका-७ सिमल चोकको भित्री सडकखण्डमा कारको ठक्करबाट स्कुटरको पछाडी रहेका एक युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका-८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् । हिजो राती साँढे १० बजे उनी सवार प्रदेश-१-०१-०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १-०१-००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनापछि घाइते भएकी स्कुटर चालक बाह्रदर्शी गाउँपालिका-७ की २८ बर्षीया प्रमिता कार्की र मृतक मगरलाई उपचारको लागि बीएण्डसी अस्पतालमा पुर्याउँदा सरस्वतीको मृत्यु भएको हो । कार्कीको भने उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई-२ का २४ बर्षीय जंगबहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु

गाडीको बडि बनाउने कारखानामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ताप्लेजुङको मेरिङ्डा गाउँपालिका-४ का ४० वर्षीय रामकुमार लिम्बू रहेका छन् ।

सुनसरीको ईटहरी-१७ लबिपुरमा ग्यारेज मजदुरका रुपमा काम गर्दागर्दै करेन्ट लागेर लिम्बूको मृत्यु भएको हो । घटना विवरण अनुसार हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भिर घाईते भएका उनको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

 

टिप्पणीहरू