अखिल फोर्सद्वारा छात्राहरुका निम्ति बिशेष राहत

अखिल फोर्सद्वारा छात्राहरुका निम्ति बिशेष राहत

नेकपा एमालेको माधव नेपाल समूह निकट अखिल फोर्सले स्यानेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको समन्वयमा फोर्सले आज उपत्यकाको शंकरदेव क्याम्पसमा स्यानेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो ।

देशभरका विद्यार्थीहरुको माग सम्बोधन गर्ने र शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने उध्देश्य अनुरुप भेन्डिङ मेसिन दिइएको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताए । उनले देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने योजना रहेको पनि जानकारी दिए ।

मेसिन वितरण कार्यक्रममा शंकरदेव क्याम्पसकी उप-प्रमुख मिखा श्रेष्ठले आङ्गिक कलेजहरुमा धेरै कुराको आवश्यक रहेको भन्दै यस्ता कामहरु गर्दै जान सुझाउनुभयो ।

अखिल फोर्सले कलेजमा महिलाहरुका समस्याप्रति कलेज प्रशासनसहित सरोकारवाला कसैको पनि पर्याप्त ध्यान नपुगेको भन्दै अभियान शुरु गरेको उल्लेख गरेको छ ।

टिप्पणीहरू