अपरेसन स्टे एट होम शुरु,नियम तोड्नेलाई ४ लाख जरिवाना

अपरेसन स्टे एट होम शुरु,नियम तोड्नेलाई ४ लाख जरिवाना

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा आजबाट अपरेशन “स्टे एट होम” शुरु भएको छ । कोरोना महामारी बढेपछि अर्को १ हप्ता निषेधाज्ञा थप्दै शुरु गरिएको यो अपरेशन उल्लंघन गर्नेलाई अस्ट्रेलियन ५ हजार डलर अर्थात नेपाली करिब ४ लाख ३४ हजार २ हजार ६१ रुपैयाँ जरिवाना लाग्ने छ ।

त्यहाँको प्रहरीले स्वास्थ्य आदेश उल्लंघन गरेबापत लाग्ने शुल्क सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । जसमा स्वत: आइसोलेसन उल्लंघन गरे अस्ट्रेलियन ५ हजार डलर जरिवाना हुनेछ ।

यस्तै अनुमति नपाउँदा पनि झुट बोली अनुमति पाएको हो भन्दै हिंड्नेलाई र सम्पर्क ट्रेसरको लागि झूट बोल्नेलाई ५ हजार डलर जरिवाना रहेको छ ।

प्रहरीका अनुसार दुई व्यक्ति मात्र बाहिरी व्यायाम/मनोरन्जन गर्न पाउने नियमको उल्लंघन गर्ने र वेल्स राजमा प्रवेश गर्दा नियम उल्लंघन गर्नेलाई ३ हजार डलर अर्थात् नेपाली २ लाख ६० हजार ५ सय ५७ रुपैयाँ जरिवाना लाग्ने छ ।

टिप्पणीहरू