म्यानपावरहरुलाई अफगानिस्तान लगिएकाको विवरण दिन आग्रह « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

म्यानपावरहरुलाई अफगानिस्तान लगिएकाको विवरण दिन आग्रह

प्रकाशित मिति :  ३२ श्रावण २०७८, सोमबार १६:००


तालिवान विद्रोहीको कब्जामा रहेको अफगानिस्तानमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रकृया शुरु गरेको छ। परराष्ट्र मन्त्रालयले नेपाल फर्कन चाहने नेपालीहरुलाई मन्त्रालयको सम्पर्कमा आउन आव्हान गर्दै आवश्यक समन्वय र उद्धारमा जुट्ने निर्णय गरेको हो।

मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बसेको अन्तर मन्त्रालय बैठकले अफगानिस्तानमा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वय र उद्धारका लागि स्वदेश फकर्न चाहनेहरुलाई परराष्ट्र मन्त्रालयको सम्पकर्मा आउन आग्रह गरेको हो । वैठकले समन्वय र उद्धारका लागि एक कार्यदल पनि गठन गरेको छ।

वैठकको निर्णय सार्वजनिक गर्न परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखहरुको संयोजकत्वमा अर्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहका सदस्यहरु रहने गरी एक कार्यदल गठन गरिएको उल्लेख गरिएको छ ।

उद्धारका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा अनलाइन रजिस्ट्रेशन गर्न सकिने बताइएको छ । सो पोर्टलमा आफ्नो नामसहितको विवरण उल्लेख गर्न अफगानिस्तानमा फसेका परिवारका सदस्यलाई मन्त्रालयले आग्रह गरेको छ ।

उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र वाटस्एप सुविधा सहितको मोबाइल नम्बरहरु पनि मन्त्रालयले उपलब्त्र गराएको छ । मन्त्रालयले कन्सुलर सेवा विभागको ९७४९३२६४५८ र परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ मोबाइलमार्फत सम्पर्क गर्न भनेको छ ।

त्यस्तै, काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन यूनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको पनि जानकारी दिएको छ । त्यसका लागि आवश्यक सहयोग लिन दूतावासको फोन नम्बर र इमेल पनि दिइएको छ । दिल्लीस्थित नेपाली दुतावासको ००918929601925 हटलाइन नम्बर र [email protected] को इमेल ठेगानामा सम्पर्क गर्न भनिएको छ ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुले त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपदों सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि मन्त्रालयको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !