काबुलमा फसेका नेपालीको यकिन संख्या कति ?

काबुलमा फसेका नेपालीको यकिन संख्या कति ?

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको यकिन डाटा परराष्ट्र मन्त्रालयसँग उपलब्ध नभएको जानकारी दिएको छ ।

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यहाँस्थित नेपालीको उद्धारका लागि संयोजन समिति गठन गरेको मन्त्रालयले कति नेपाली छन् भन्ने यकिन डाटा नभएको भन्दै निरीहता देखाएको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा एक समिति गठन गरेको मन्त्रालयले अफगानिस्तानको औपचारिक क्षेत्रमा कार्यरत करिब १५ सय नेपालीको मात्र डाटा रहेको जानकारी दिएको हो । काबुल बाहिर हालसम्म कति नेपाली छन् यसको रिपोर्ट नपाएको मन्त्रालयका सचिव भरतराज पौैडेलले बताउनुभयो ।

टिप्पणीहरू