दुई नम्बरका प्रदेश प्रमुख पदमुक्त

दुई नम्बरका प्रदेश प्रमुख पदमुक्त

प्रदेश २ का प्रमुख राजेश अहिराज झालाई हटाएर उक्त स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गरिएको छ । केहीबेर अघिको क्याबिनेट बैठकले यससम्बन्धी निर्णय गरेको हो ।

ओली सरकारले त्यहाँका प्रदेश प्रमुख तिलक परियारलाई हटाएर गत फागुन ७ गते राजेश अहिराजलाई नियुक्त गरेको थियो । ओलीले नियुक्त गरेकामध्ये गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई यसअघि नै हटाइसकिएको छ ।

केहीबेर अघि सकिएको क्याबिनेट बैठकले १३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणका लागि बन क्षेत्रको जग्गा अधिकरण गर्ने निर्णयसमेत गरेको छ।

टिप्पणीहरू