तालिवानद्वारा ३५ नेपाली बन्धक

तालिवानद्वारा ३५ नेपाली बन्धक

सरकारले तालिवान विद्रोहीले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन छिट्टै उद्दार कार्य अघि बढाउने निर्णय गरेको छ । आज बिहान बसेको क्याबिनेट बैठकले त्यहाँ फसेका नेपाली नागरिकलाई शीघ्र उद्दार गर्ने निर्णय गरेको हो ।

क्याबिनेट बैठकले नेपालीहरुको शीघ्र उध्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ ।

अफगानिस्तानमा हालसम्म ३५ नेपाली नागरिकलाई तालिवानले बन्धक बनाएको खुलेको छ । अफगानिस्तानमा करिब १५ सय बढि नेपाली नागरिक रहेको सरकारको अनुमान छ ।

टिप्पणीहरू