दिल्लीबाट झन् ठूला दुखेसा

एकातिर भारतमा हाम्रा राष्ट्रपतिको भ्रमण जारी छ भने अर्कातिर दिल्लीस्थित हाम्रो दूतावासमा लफडा छ । कोहीसँग नमिल्ने, कसैले भनेको नटेर्ने भएपछि त्यहाँ लामो समय कार्यवाहक चलाएका कृष्ण ढकाललाई फिर्ता बोलाउन राजदूत दीपकुमार उपाध्यायले परराष्ट्रमन्त्रीसमक्ष हारगुहार गरेका छन् । उनले म पत्र लेखौं कि तपाईंहरु आफैं बोलाउनुहुन्छ भनेर कुरा राखेपछि मन्त्रालयले फर्काउने प्रक्रिया शुरु गरेको थियो ।

‘तिमी करियर भएको मान्छे, भविष्य भएको मान्छे, फर्क’ भनेपछि ढकालले बच्चाहरुको स्कुललगायतका समस्या देखाएर अब आइन्दा मबाट त्यस्तो केही गल्ती हुँदैन, भएका कमजोरीका लागि माफ पाऊँ भन्दै त्यतै राखिदिन अनुनयविनय गरेका छन् । ‘अब सबैसँग मिलेर बस्छु, कार्यालयको खर्चमा जथाभावी घुम्न पनि जान्नँ’ भन्दै प्रायश्चित गरेपछि राष्ट्रपतिको भ्रमणलाई समेत मध्यनजर गर्दै उनलाई त्यतै बस्न दिइएको छ । सबै काम बिगार्ने, अरुलाई दुःख दिने प्रवृत्तिका ढकालसँग तीन महिनाको लागि दिल्ली पुगेका उपसचिव हरि ओडारीको त कुर्सी हानाहानसमेत भएको थियो ।

अहिले फेरि तिनै ओडारी चार वर्षको नियुक्ति लिएर दिल्ली पुगेका छन् । ढकालले माफ मागेपछि यो प्रकरण हाललाई त सेलाएको छ तर व्यक्ति–व्यक्तिबीचको तनाव कतिखेर बल्झिने हो, भन्नसकिने अवस्था छैन ।

टिप्पणीहरू