पत्रकार महासंघकाे नाम दुरुपयोगमा जयसिंहमाथि कारबाही

पत्रकार महासंघकाे नाम दुरुपयोगमा जयसिंहमाथि कारबाही

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव जयसिंह केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको ज्ञापनपत्रमा प्रयुक्त आपत्तिजनक भाषाका निम्ति स्पस्टिकरण साेधिएकाे छ । महासंघले उनलाई सचिवकाे हैसियतमा कुनै कार्यक्रममा सहभागी नहुन पनि भनेकाे छ ।

लुम्बिनी प्रदेश पत्रकार महासंघका अध्यक्ष बसन्त गिरीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ,”तपाईंले प्रस्तुत गरेकाे ध्यानाकर्षण तथा जानकारीपत्रमा पेश गरिएकाे विवरण वा माग तपाईंकाे ब्यक्तिगत वा निजी हुन सक्ला तर यसबाट पत्रकार महासंघकाे सचिव जस्ताे गरिमामय पदकाे दुरुपयाेग भएकाे छ । यस गतिविधिले पत्रकार महासंघ लुम्बिनी प्रदेश मात्रै नभई पत्रकार महासंघमा अाबद्ध १३ हजार पत्रकारकाे शीर निहुरिएकाे छ । ”
महासंघले यसनिम्ति लिखित स्पस्टिकरण पेश गर्नसमेत भनेकाे छ ।

केसीले प्रधानमन्त्री देउवा र सन्चार सचिव बैकुण्ठ अर्याललाई छुट्टै छुट्टै बुझाएकाे माग पत्र अाफैले फेसबुकबाट सार्वजनिक गरेका थिए । उनले पत्रकार महासंघ सचिवकाे हैसियतले बुझाएकाे मागपत्रमा पत्रकार हक हितका कुनै बिषय उठाएका छैनन् । ५ बुँदे ज्ञापनपत्रमा नेपाली कांग्रेस पार्टीकाे बिषयमा बढि चिन्ता ब्यक्त गरिएकाे छ । ज्ञापनपत्रमना उल्लेख छ,”पार्टी र जनतालाई एकताकाे सूत्रमा बाँध्ने एउटा सशक्त माध्यम खेलकुद हाे । खेलकुदमा हाम्राे पार्टीले चाहेजति ध्यान दिन सकेकाे छैन । नेपाली कांग्रेसले अागामी चुनावलाई लक्षित गरेर खेलकुद मन्त्रालय लिन अनुराेध गर्छु । साथै लुम्बिनी प्रदेशमा पनि सामाजिक तथा खेलकुद मन्त्रालय लिन अनुराेध गर्छु । “केसीले पत्रकार,सन्चार संस्थाकाे बिषयमा कतै बिषय उठान गरेका छैनन् । पत्रकार महासंघ सचिवकाे हैसियतले हस्ताक्षरसमेत गरेर दिएकाे ज्ञापनपत्रमा उनले खेलकुदकाे चिन्ता गरेजस्तै यसअघिकाे सरकारका नियुक्ति सबै खारेज गर्न मागसमेत गरेका छन् ।

केसीले बुझाएकाे ज्ञापनपत्रकाे बिषयमा व्यापक अालाेचना भएपछि पत्रकार महासंघ लुम्बिनी प्रदेशले पनि विज्ञप्ती निकालेको छ । महासचिव विक्रम खड्काको हस्ताक्षर रहेकाे विज्ञप्तीमा भनिएकाे छ, “नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको नाम जोडेर सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाईएको भन्ने विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अहिले सरकारलाई संस्थागत रुपमा ज्ञापनपत्र बुझाउने कुनै औपचारिक निर्णय नभएको प्रष्ट पार्न चाहन्छौं । आगामी दिनमा संस्थागत निर्णय विपरित संगठनलाई जोडेर यस्ता खालका क्रियाकलापहरु नगर्न सचिव केसीलाई सचेत गराउँदछौं ।  यो विषयमा आदरणीय पत्रकार एवं सरोकारवाला पक्षले व्यक्त गरेको चासो र चिन्ताप्रति कृतज्ञता ज्ञापन गर्दै महासंघको गरिमा र प्रतिष्ठामा अाँच आउने कार्य हुन नदिने प्रतिवद्धता जाहेर गर्दछौं । “

प्रधानमन्त्री देउवाकाे खास मान्छे भनेर बाँके,बर्दियामा परिचय गराउने केसीकै कारण नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश निर्वाचनमा तत्कालिन प्रेस युनियन,प्रेस संगठन र प्रेस चाैतारी ( नेपालपक्षीय) लगायतकाे गठबन्धनमा समेत समस्या खडा भएकाे थियाे । संगठनहरुवीच तालमेल हुँदा सचिव पद प्रेस चाैतारीलाई परेकाे भएता पनि केसीले शेरबहादुर देउवाकाे भिटाे प्रयाेग गरी उम्मेदवारी दिएका थिए । त्यतिबेला चाैतारीले संयम नअपनाएकाे भए नेपाल पत्रकार महासंघकाे निर्वाचन देशैभर प्रभावित हुने थियाे ।

टिप्पणीहरू