माधव नेपालका खेलाडीहरु जुटे

माधव नेपालका खेलाडीहरु जुटे

देशव्यापी समानान्तर संगठन विस्तारमा जुटेको नेकपा एमालेको माधव नेपाल समूहले रसुवामा नेपाल खेलकुद महासंघ गठन गरेको छ । हिजो सम्पन्न एक भेलाले सन्तोष तामाङको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला समिति बनाएको हो ।

भेलाले ७ उपाध्यक्ष,एक सचिव,६ सहसचिव र एक कोषाध्यक्षसहित ४० जना सदस्य पनि चयन गरेको छ । महासंघका बाग्मती प्रदेश ईञ्चार्ज बद्री अधिकारीद्वारा हस्ताक्षरित सूचनाअनुसार समितिको वरिष्ठ उपाध्यक्ष्यमा सुरज गुरुङ चयन भएका छन् भने प्रथम,द्वितीय र तृतीय उपाध्यक्षमा क्रमश: दिनेश गुरुङ,बिनोद गुरुङ र सोमनसिंह मोक्तान चुनिएका छन् । त्यस्तै,आइडी तामाङ,राजमान नगरकोटी र सरोज पौडेल पनि उपाध्यक्ष चयन भएका छन् ।

रसुवा समितिको सचिवमा राजेन्द्र प्याकुरेललाई जिम्मेवारी दिईएको छ भने सुस्मिता बगाले,रविन्द्र श्रेष्ठ,ल्हेज्यन तामाङ,रोशन तामाङ,लामबहादुर तामाङ र उमेश गुरुङ सहसचिव चुनिएका छन् । त्यस्तै, कोषाध्यक्षमा सौरव घिमिरे चयन भएका छन् ।

विभिन्न खेलमा लागेका रसुवाका सम्पूर्ण खेलाडीको हकहित र अधिकारका लागि संगठनमा गोलबद्ध गर्ने अभिप्रायले नेपाल खेलकुद महासंघ रसुवा गठन गरिएको जनाइएको छ ।

टिप्पणीहरू