भारतमा अर्को महाभारत,खोप लगाउन चोर बाटो

भारतमा अर्को महाभारत,खोप लगाउन चोर बाटो

कोरोना महामारीबाट आक्रान्त भारतीय समाजको सचित्र एउटा भिडियोमा देख्न सकिन्छ । कोरोनाविरुद्धको खोप लगाउन भारतमा नागरिकले कुन तहसम्मको दु:ख पाएका छन् भन्ने सहजै देख्न सकिन्छ ।

खोपको जताततै अभाव भएको बेला भारतमा अनौठो तरिकाले खोप लगाइएको एउटा भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ । खोप लगाइदिने र लगाउने मानिसले कुन हदसम्मको गतिविधि गर्न सक्छन् भन्ने पनि यही भिडियोमा देखिन्छ ।

भाइरल बनेको उक्त भिडियो भारतको कुनै एउटा परिचय नखुलाइएको खोप केन्द्रमा अनियमित तवरले लगाइएको अवस्थामा खिचिएको हो । भिडियोमा एक जना सर्वसाधारण खोप लगाउन चोर बाटोबाट स्वास्थ्यकेन्द्र पछाडिको झ्यालको नजिक पुगेका छन् । भित्रबाट हात निकाल्दै स्वास्थ्यकर्मीले उनलाई कोरोनाविरुद्धको खोप लगाइदिएको प्रष्टसँग देखिन्छ ।

तर खोप केन्द्र बाहिर सयौंको संख्यामा भीड जम्मा भएको पनि देखिन्छ । ज्यानको माया र आफन्तको चाकडी उक्त खोप दृश्यले छर्लङ्ग पारिदिएको छ ।

टिप्पणीहरू