पोखरामा भीरबाट कार खस्यो, १ जनाको घटनास्थलमै निधन

पोखरामा भीरबाट कार खस्यो, १ जनाको घटनास्थलमै निधन

पोखरामा गुडिरहेको कार भीरबाट खस्दा एक जनाको घटनास्थलमै ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाइते भएका छन् । पोखरा १८, मेथलाङको जुराफिक रेष्टुरेण्ट नजिकै ग.१च ७२३४ नम्बरको कार दुर्घटना भएको हो ।

घटनास्थलमै निधन हुनेमा पोखरा, न्युरोडका ४० वर्षीय बद्री केसी हुन् । पोखरा २९ लेखनाथकी २३ वर्षकी सपना घोताने र स्याङ्जा पुतलीबजारका २४ वर्षका किरण अर्याल गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय सहारा हस्पिटलमा उपचार भइरहेको छ ।

कार आज बिहान सबेरै भीरबाट खसेको थियो । बिहान ६ बजेतिर स्थानीयले खबर गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

टिप्पणीहरू