चर्को बजार भाउले गरिबको जीवन झन चिन्ताजनक

चर्को बजार भाउले गरिबको जीवन झन चिन्ताजनक

-अनुशा थापा

विश्वमा झैँ अहिले नेपाल पनि कोरोना भाइरसको चपेटामा परेको छ । कोरोनाको कारण डेढ वर्षदेखि विभिन्न आवरणमा लकडाउन भएको छ । लकडाउनको समय अधिकांश सर्वसाधारण बेरोजगार बन्न पुगेका छन् । मुलुक र सर्वसाधारणको दैनिकी अस्तव्यस्त बन्न पुगेको बेला उपभोग्य वस्तुको भाउ भने निकै आकाशिएको छ ।

दाल चामलमा निरन्तर मूल्यबृध्दि भएको छ । साथै खानेतेल, चियापत्ती,मरमसला,खुर्सानी, चिनीलगायत अधिकांश खाद्य सामग्रीहरुको मूल्यमा नसोचिएको ढंगले बृध्दि भएको छ ।

लकडाउनअघि २ सय ३० रुपैयाँ पर्ने सूर्यमूखी तेलको मूल्य अहिले बढेर २ सय ८० पुगेको छ । एक लिटर तेलमै ५० रुपैयाँ भाउ बढेको हो । २ सय ५० रुपैयाँ पर्ने तोरीको तेल अहिले बजारमा ३ सय नाघेको छ ।

खाने तेलमा मात्र नभई अधिकांश खाद्य वस्तुमा समेत निकै चर्को मूल्यबृध्दि भएको छ । निषेधाज्ञाको फाइदा उठाएर व्यापारीहरुले खाद्यवस्तुमा आफूखुशी भाउ बढाएको पाइन्छ । पसलपिच्छे सामानको मूल्य फरक पाइनुले फितलो बजार अनुगमन र राजनीतिक संकटको फाइदा समेत व्यापारीहरुले उठाएको देखिन्छ ।

पोखरामा गुडिरहेको कार भीरबाट खस्दा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

मौज्दातमा रहेका अत्यावश्यक सामान लुकाएर कृत्रिम अभाव देखाउँदै उपभोक्तालाई लुट्न सबै तहका व्यापारीहरु हैसियतअनुसार व्यस्त भएको सर्वसाधारणको आरोप छ । अहिलेको बजार भाउ र लकडाउनअघिको बजार भाउ दाँज्दा समग्र बजार भाउ औसतमा २० प्रतिशतले बढेको देखिन्छ ।

खाद्यवस्तुमा निरन्तर भएको मूल्यबृध्दिको सोझो असर उपभोक्तालाई पर्न जानु स्वाभाविक हो । खाद्यवस्तुमा भएको चर्को मूल्यवृद्धिले नूनसँग भात खानुपर्ने अवस्था आएको भक्तपुरकी स्थानीय रश्मी श्रेष्ठ बताउँछिन् । उनका श्रीमान् एउटा काठ उद्योगमा काम गर्छन् । यसबीच तलब नबढेको तर खाद्यवस्तुको भाउ अकाशिएकाले उनी भन्छिन्, ‘बाँच्न गाह्रो हुँदैछ ।’

खुद्रा व्यापार संघका कार्यकारी सदस्य धुव्र अधिकारीले लकडाउनअघि र पछि सामानको भाउमा खासै अन्तर नभएको बताउनुभएको छ । लकडाउनमा सामानको अभावका कारण मूल्य बढेको छ । लकडाउनमा बढेको सामानको भाउ पछिल्ला दिनमा ओरालो लागेको उहाँ दाबी गर्नुहुुन्छ ।

तर,रोजगारीको अवसर बन्द भएको,निषेधाज्ञामा दैनिक उपभोग्य सामाग्रीको भाउ बढेकाले सबैभन्दा बढी मार बेरोजगार र गरीब जनतामा परेको सहजै देख्न सकिन्छ ।

टिप्पणीहरू