४ वर्षिया नाबालिकादेखि ५१ वर्षे महिलासम्म बलात्कृत, छोरीमाथि बाबुको कुदृष्टी « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

४ वर्षिया नाबालिकादेखि ५१ वर्षे महिलासम्म बलात्कृत, छोरीमाथि बाबुको कुदृष्टी

प्रकाशित मिति :  ३१ श्रावण २०७८, आईतवार २०:३०


संकेतिक तस्विर

रुपन्देही, संखुवासभा र तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जना समातिएका छन् । जसले ४ वर्षीया नाबालिकादेखि ५१ वर्षकी महिलासमेत बलात्कार गरेका हुन् ।

पक्राउ पर्नेहरुमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको मायादेवी गाउँपालिका–८, बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारु, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने कञ्चन गाउँपालिका–४ बेलडाँडाका ५२ वर्षीय नेत्रबहादुर कुँवर रहेका छन् ।

त्यस्तै, ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने संखुवासभाको भोटखोला गाउँपालिका–४ गोला दोबाटोका ६५ वर्षीय जिम्बा भोटे तथा २० वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलका ६२ वर्षीय पुरुषलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !