बाँदरको हुलमा बच्ची

भारत, उत्तरप्रदेशको जंगलमा एउटी बालिकालाई बाँदरको हुलमा हुर्किरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरीलाई देखेपछि बाँदरसरह उनी पनि तिखो स्वरमा चिच्याइन् । बालिका यतिखेर अस्पतालमा छिन् । उनी बाँदरजस्तो कराउने बाहेक कुनै भाषा बोल्न सक्दिनन् ।

बाँदरले जसरी नै दुई हातको सहारामा खाना टिप्छिन् । मान्छे देखेपछि पछाडि हट्छिन् । खुट्टाले टेकेर हिँड्न जानेकी छैनन् । अहिले बल्ल मानिससँग संकेतमा बोल्न थालेकी छन् । मानवसरह खुट्टाले टेकेर हिँड्न सिक्दै छिन् ।

टिप्पणीहरू